बैतडी जिल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाइते

बैतडी। बैतडी जिल्लामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जीप देहीमाण्डौबाट  गिरेगडा तर्फ गहिरेको बेला बिएसी ५६५९ नम्बरको बोलेरोले शुक्रबार राति दशरथ चन्द नगरपालिका ११ को नानीगाड भन्ने स्थानमा दुर्घटना हुन पुगेको थियो।

दुर्घटनाम परी मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ५ का वर्ष ५४ को चञ्चले दयालको मृत्यु भएको प्रहरीले जानकारी दिए। जीप दुर्घटनामा परेर घाइते भएका चन्चलेको जिल्ला अस्पतालमा उपचार क्रममा गए राती नै मृत्यु भएको हो।

गए राति आफ्नो गतिमा गुडिरहेको जीपमा चालक सहित चारजना यात्रुहरू रहेका बेला अचानक जीप सडकबाट अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। जीप सडकबाट अनियन्त्रित भएर करिब ४० मिटर तल खोल्सामा खसेको जनाएको छ।

जीप चालक पञ्चेश्वरकै वर्ष ३५ को राकेश कोली,वर्ष ५२ को लालीराम कोली र दशरथ चन्द नगरपालिका १० की वर्ष ३० कि कविता परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते भएका सबैको उपचार जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जीप दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.