मकवानपुर । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले सिडियो कार्यलय र मुख्यमन्त्री कार्यलयमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । हेटौंडा-१ चौकिटोल स्थित राप्तिखोला किनाराको सरकारी जमिन रातारात व्यक्तिको नाममा पास गरि संरचना बनाउने कार्य प्रती सचेत गराउँदै अभियान समितिले ध्यानाकर्षण पत्र बुझाएको हो ।
विगतमा प्रदेश सरकार, सिडियो कार्यलय र नगरपालिकाको उपस्थितिमा खाली गरि राखिएको जमिन पुन बाँडफाँड गरि, घेराबार लगाउने काम हुँदै गरेकोले उक्त कार्यलाय रोकि सार्वजनिक जमिन सरकारी नै हुनुपर्छ भन्दै अभियान समितिले ध्यानाकर्षण गराएको हो । स्थानीय कानुन तथा नितिलाई मिचेर स्वार्थलिप्त केही समूहले सरकारी जग्गा बाँडफाँड गरि संरचना निर्मान गर्नु कानुन विपरीत भएकोले अभियान समितिले ध्यानाकर्षण गराएको हो ।
यस बारेमा समितिले मंगलबार हेटौंडा उपमहानगरपालिका, भूमी आयोग र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि ध्यानाकर्षण पत्र बुझाइसकेको छ । सरकारी सम्पत्ति संरक्षणमा सम्बन्धित सबै निकायको ध्यानाकर्षण होस् भन्ने उद्देश्यले बुझाएको पत्रमा प्रदेश कार्यलय, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यलयले नागरिकको हित र संविधानको मर्म अनुसार काम गर्ने कुरामा विश्वास लिएको छ ।














