जसपा नेपालले बागमती प्रदेशको मुख्यमन्त्री लामालाई भेटेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाइयो

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले बागमती प्रदेशको राजधानी हेटौडाको मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर आवश्यक विविध विकासको आयोजनाहरूमा पत्र मार्फत ध्यानाकर्षण गराएको छ।

ध्यानाकर्षण पत्रमार्फत बजेटका आवश्यक विविध शीर्षक आयोजनाहरूमा पर्ने बजेटको मागहरू सम्बोधन गरियोस् भन्दै जसपा नेपालका केन्द्रीय उपाध्यक्ष सहित प्रदेश र जिल्लागत नेताहरू मुख्यमन्त्री कार्यालयमा पुगेको थियो।

बिहान ९ बजेदेखि नै प्रतीक्षा गरेर करिब २ घण्टा आधा समयपछि उपस्थित रहेका मुख्यमन्त्री लामालाई जसपा नेपालका केन्द्रीय उपाध्यक्ष सहित अन्य प्रदेश र जिल्लागत नेताहरूले मुख्यमन्त्री लामालाई भेटेर नै सो ध्यानाकर्षण बजेटमा माग पत्रलाई पढेर नै हस्तान्तरण गरिएको थियो।

जसपा नेपालले बुझाएका बजेट मागपत्रलाई बुझेर मुख्यमन्त्री लामा भने केही समयमै त्यहाँबाट बाहिरिएको थियो। ध्यानाकर्षण पत्र बजेट मागलाई दर्ता गराई त्यहाँबाट जसपा नेपालका नेतागणहरू पनि केही समय मै मुख्यमन्त्री कार्यालयबाट बाहिर थिए।

हेर्नुहोस् बजेट माग ध्यानाकर्षण पत्र पूरा : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.