काठमाडौं, भदौ १८ गते । नेपाली सांगीतिक कला क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ तामाङ सेलोकी गायिका इन्दिरा गोलेको निधन भएको छ। उनी ५९ वर्षको उमेरमा हिजो दिउँसो करिब १२ बजे हात्तीवनस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
गोलेले आफ्नो जीवनकालमा तामाङ सेलो, लोकदोहोरी, देउडा, काठे गीतसहितका विभिन्न भाषा र भाकामा गीत गाएर दर्शक–श्रोताको मन जित्न सफल भएकी थिइन्। उनका नारायणथानमा गेट, जाइफुलको बासना, घर त छाउनीमा, असारको महिना लगायतका गीत निकै लोकप्रिय रहेका छन्।
सांगीतिक यात्रामा जीवन नै समर्पित गरेकी गोले पछिल्ला दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन्। हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि पछिल्ला दुई सातादेखि उनी घरमै आराम गर्दै आएकी थिइन्।
उनको निधनले नेपाली गीत–संगीत क्षेत्रले एक महत्वपूर्ण आवाज गुमाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 198














