हेटौंडा, भदौ १८ गते । नेपाल सरकारले फेसबुकलाई दर्ता प्रक्रिया पूरा गर्न सात दिनको थप समय दिएको छ। यसअघि सरकारले सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गराउन प्रक्रिया अगाडि बढाएको थियो।
सोही क्रममा फेसबुक लगायतका सामाजिक सञ्जालले तोकिएको समयसीमा भित्र दर्ता नगरेमा नेपालभित्र पूर्णरुपमा निष्क्रिय बनाइने चेतावनीसमेत दिइएको थियो।
सरकारी निर्णयअनुसार अहिले फेसबुकलाई तत्काल बन्द नगरी दर्ता प्रक्रिया अघि बढाउन फेरि सात दिनको म्याद थप गरिएको हो। यसअघि दर्ता नगर्ने सामाजिक सञ्जालमाथि सरकारले कडाइका साथ कारबाही गर्ने तयारी गरिरहेको थियो।
प्रतिकृया दिनुहोस्
Post Views: 152














