सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको नेपाल पत्रकार महासंघद्वारा विरोध

काठमाडौँ, भदौ १९ । नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्ने निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाह र नागरिकको सूचना पाउने हकमा प्रहार भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाल रोक्दा नागरिकको सूचना पाउने हक प्रभावित हुन्छ र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हुन्छ, त्यसैले सरकारले यस्तो कदम फिर्ता लिनुपर्छ।”

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारभूत तत्व भएको भन्दै सामाजिक सञ्जाल नियन्त्रणको निर्णय तत्काल हटाउन माग गरेको छ। साथै, नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी पनि दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.