प्रधानमन्त्री कार्कीका पाँच निर्णय : जेन-जी आन्दोलनका सहिद परिवारलाई क्षतिपूर्ति र सुविधा घोषणा

काठमाडौं, भदौ २९ गते । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनमा ज्यान गुमाउने, घाइते हुने तथा अपाङ्गता भोग्नुपरेका परिवार र व्यक्तिहरूका लागि पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्ने निर्णय गर्दै, मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेकी छिन्। यस्तै, आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ।

सरकारले मृतकको शव लैजाने र अन्त्येष्टिको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ भने आन्दोलनकै कारण अपाङ्गता भएका व्यक्तिलाई विशेष सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ।

प्रधानमन्त्री कार्कीका यी निर्णयले जेन-जी आन्दोलनमा प्रभावित परिवारहरूलाई राहत दिलाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.