काठमाडौं, भदौ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन् ।

संविधानको धारा १५७ को उपधारा २ बमोजिम २०८२ साल भदौ २९ गते आइतबारदेखि भण्डारीले महान्यायाधिवक्ताको पदभार सम्हाल्ने भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार नियुक्ति औपचारिक रुपमा आजै लागू भएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 124














