धरान, भदौ २९ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुनः सामाजिक सञ्जालमार्फत हालै सम्पन्न आन्दोलनप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको चुनाव नै नगर्ने हो भने देशभर भएको आन्दोलन, आगजनी र युवाको बलिदान किन भएको भन्ने प्रश्न गरेका छन्।

साम्पाङले आफूलाई “Gen Z” आन्दोलनको नेतृत्व भनिने समूह र प्रधानमन्त्रीलाई समेत जवाफ दिनुपर्ने बेला आएको उल्लेख गरेका छन्। साथै उनले कानुनको कुरा गर्नेहरूलाई सोध्दै, कुन कानुनको कुन धारामा आधार लिएर यस्तो आन्दोलन गरिएको हो भन्ने विषयमा स्पष्टता माग गरेका छन्।
उनको भनाइले अहिले सामाजिक सञ्जालमा व्यापक चासो जगाएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 207














