जेन–जी आन्दोलनपछि बागमतीको कृषि मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा

हेटौंडा, अशोज २ गते । जेन–जी आन्दोलनको क्रममा भएको आगजनीबाट भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि केही समय रोकिएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कामकाज अस्थायी रुपमा पुनः सुरु भएको छ।

भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीले हेटौंडा–१ चौकीटोलस्थित मन्त्रालयको भवनमा आगजनी गरेका थिए। आगलागीबाट भवन पूर्णरुपमा नोक्सान भएपछि मन्त्रालयको सम्पूर्ण काम रोकिएको थियो।

मन्त्रालयको कामकाज हाल अस्थायी रुपमा हेटौंडा स्थित कृषि विकास निर्देशनालयको भवनबाट सुरु गरिएको छ। मन्त्रालयले भने क्षतिग्रस्त भवनको प्राविधिक निरीक्षण गरी आवश्यक निर्णय पछि मात्र स्थायी व्यवस्थाबारे टुंगो लाग्ने जनाएको छ।

कर्मचारीहरुलाई मनोबल उच्च राखेर काम गर्न हौसला प्रदान गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले “जेन–जीको नाममा अराजक समूहले सरकारी तथा निजी संरचनामा नोक्सानी पुर्याएको छ” भन्दै घटना दुःखद भएको टिप्पणी गरेका छन्।

भदौ २३ गते आन्दोलनकै क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पौडेलले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.