“झुठको सहारामा स्वार्थी राजनीति गर्ने छिट्टै सफल देखिन्छन्, सच्चा नेताले समय सफा गर्नमै बिताउँछन्” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्य

ललितपुर, अशोज २२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले आज सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “झुठको सहारामा व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नेहरू कम समयमा सफल भएको देखिन्छन्, किनभने उनीहरूको चाहना देश, जनता र पार्टी होइन, आफैं अगाडि बढ्नु मात्र हो।”

बज्राचार्यका अनुसार सच्चा र इमानदार नेताहरू भने दूषित प्रवृत्तिहरूलाई पन्छाउँदै स्वच्छ राजनीति गर्न खोज्दा समय र जीवन नै त्यसैमा खर्चिन्छन्।
उनले थप लेखेका छन्, “सफा गर्दै जाँदा जाँदैमा जीवन बित्छ, तर देश र राजनीति शुद्ध बनाउनुपर्ने जिम्मेवारीबाट पछाडि हट्नु हुँदैन।”

उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा वर्तमान परिस्थितिप्रतिको गहिरो टिप्पणीका रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.