हेटौंडामा स्व. रामबहादुर पुलामी मगरको छैठौं दिनमा नेकपा (माओवादी केन्द्र) द्वारा श्रद्धाञ्जली अर्पण

हेटौंडा, अशोज २३ गते । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर समितिले नगर समिति सदस्य कमरेड रामकुमार पुलामी मगरका पुजनीय पिता स्वर्गीय रामबहादुर पुलामी मगरको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरेको छ। आज २३ असोज २०८२ गते हेटौंडा–१४ नयाँ बस्तीस्थित स्वर्गीय पुलामी मगरको आफ्नै निवासमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहसचिव कमरेड चमेली माया सिजाली मगरको उपस्थितिमा १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू र समाजका अग्रजहरूको सहभागिता रहेको थियो। उपस्थित वक्ताहरूले स्व. पुलामी मगरको योगदान र अनुशासनपूर्ण जीवनशैलीको सम्झना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

यस अवसरमा माओवादी केन्द्रका तर्फबाट स्व. पुलामी मगरको आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्य र बल प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.