काठमाडौँ, कात्तिक २२ गते । गोकर्णेश्वर नगरपालिकाले प्रहरी वृत्त बौद्धलाई दुई थान मोटरसाइकल र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको उपस्थितिमा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

नगर प्रमुख रिसालले नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सुदृढ बनाउन र प्रहरी सेवाको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गरिएको बताए।

कार्यक्रममा उपस्थित प्रहरी उपरीक्षक भट्टराईले गोकर्णेश्वर नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरी सेवा अझ प्रभावकारी र जनमुखी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्
Post Views: 133













