पच्चिस लाख बराबरको बिलबिजक नभएको सामान सहित ट्रक भैसेमा नियन्त्रण

मकवानपुर, भिमफेदी, कात्तिक ३० गते । गए राती करिब १:३० बजे, मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोष्टमा प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि चेकजाँचका क्रममा एक ट्रक नियन्त्रणमा लिएको छ।

बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नं. २–०३–००१ ख ३०८२ नम्बरको ट्रकमा अन्दाजी रू. २५,००,००० (पच्चिस लाख) बराबरको बिलबिजक भन्दा फरक सामान रहेको प्रहरीले जनाएको छ।

ट्रक चालक जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६, नगवा निवासी ४५ वर्षीय विजय साहलाई नियन्त्रणमा लिइएको छ। उनको विरुद्धमा आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धानका लागि उक्त ट्रक र चालकलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी स्रोतका अनुसार ट्रकमा लोड गरिएको सामानको बिलबिजक कागजातमा देखिएको विवरण र वास्तविक लोड सामानबीच ठूलो फरक पाइएकाले राजस्व चुहावटको आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.