हेटौंडा–२ र ५ बीचको खोल्सो फोहोरले पुरिँदै, बस्तीमा जोखिम बढ्दै

हेटौँडा, चैत ७ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र ५ बीच बग्ने खोल्सो हाल फोहोर, माटो तथा अव्यवस्थित संरचनाका कारण क्रमशः पुरिँदै गएको पाइएको छ। खोल्सो साँघुरिँदै जाँदा आसपासका बस्तीहरूमा पुनः बाढी तथा डुबानको जोखिम बढ्ने चिन्ता स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

स्थानीयका अनुसार केही स्थानमा जग्गा संरक्षणको नाममा गरिएको संरचनाले खोल्सोको प्राकृतिक बहाव क्षेत्र घटाएको देखिन्छ। यसले भविष्यमा पानीको निकास अवरुद्ध भई थप समस्या निम्त्याउन सक्ने उनीहरूको भनाइ छ।

यद्यपि सम्बन्धित जग्गाधनीहरूले आफ्नो निर्माण कार्य नक्सा अनुरुप नै भएको दाबी गरेका छन्। तर, स्थानीयहरूले राजकुलो तथा खोल्सो सम्बन्धी मापदण्ड पालना भएको वा नभएकोबारे स्पष्ट अनुगमन आवश्यक रहेको बताएका छन्।

यसै विषयमा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस समस्यातर्फ ध्यानाकर्षण गराएका छन्। उनले समयमै आवश्यक समन्वय, अनुगमन र व्यवस्थापन नगरेमा भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्।

स्थानीय सरकारसँग तत्काल पहल गर्दै खोल्सो संरक्षण, सरसफाइ तथा मापदण्ड अनुसार व्यवस्थापन गर्न माग गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.