सार्कोमा क्यान्सरसँग जुझिरहेकी ७ वर्षीया मेरिकाका लागि आर्थिक सहयोगको अपील

काठमाडौं,वैशाख ७ गते । काठमाडौंको कलंकीस्थित खड्गा गाउँकी ७ वर्षीया बालिका मेरिका पुजारी गम्भीर प्रकारको क्यान्सर—सार्कोमाबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ। करिब एक महिनाअघि मात्र उनलाई यो रोग भएको पुष्टि भएको थियो।

हाल मेरिका भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छन्। चिकित्सकहरूले लामो समयसम्म निरन्तर उपचार आवश्यक पर्ने बताएका छन्, जसका कारण खर्च पनि उच्च हुँदै गएको परिवारले जनाएको छ।

बिरामीका बुवा प्रकाश पुजारीका अनुसार अहिलेसम्मको उपचार खर्च परिवारले आफ्नै स्रोतबाट जुटाएको भए पनि अब भने आर्थिक अवस्था कमजोर हुँदै गएको छ। “हामीले सक्दो प्रयास गरेका छौं, तर अब उपचारलाई निरन्तरता दिन सहयोगको खाँचो परेको छ,” उनले भावुक हुँदै भने।

सार्कोमा जस्तो गम्भीर रोगको उपचार लामो र महँगो हुने भएकाले समयमै सहयोग जुटे बालिकाको जीवन बचाउन सकिने आशा परिवारले व्यक्त गरेको छ। सहयोगी मन भएका व्यक्ति तथा विभिन्न संघसंस्थालाई सहयोग गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ।

सहयोगका लागि विवरण:

बैंक: NIC ASIA Bank

खाता नम्बर: १९८८९७०२३६९५२४०१

खातावालाको नाम: प्रकाश पुजारी

सम्पर्क नम्बर: ९८०११७६९१७

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.