चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ सुरु, सफल पार्न सबैसँग सहयोगको अपिल

चितवन,बैशाख २१ गते । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य सञ्चालन भइरहेको जनाएको छ।

“अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन भइरहेको उक्त गणना देशभर करिब ३ हजार ९०० गणक मार्फत वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

जिल्ला आर्थिक गणना कार्यालय चितवनका अनुसार जिल्लामा १३३ जना गणक तथा १७ जना सुपरिवेक्षक परिचालन गरी तथ्याङ्क सङ्कलनको कार्य भइरहेको छ। उद्योग, व्यवसाय तथा सेवा क्षेत्रसँग सम्बन्धित विवरण सङ्कलन गरी राष्ट्रिय अर्थतन्त्रको यथार्थ अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले गणना सञ्चालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, व्यवसायी, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ। यस गणनाबाट प्राप्त तथ्याङ्कले आर्थिक नीति निर्माण तथा योजना तर्जुमामा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.