साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने चार जना पक्राउ

{"caption":"u092au094du0930u0939u0930u0940 u092au094du0930u0927u093eu0928 u0915u093eu0930u094du092fu093eu0932u092f u092bu093eu0907u0932 u092bu094bu091fu094b","photographer":"","alt_text":""}

काठमाडौं,बैशाख २१ गते । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोले आफ्नो नाम दुरुपयोग गरी अनलाइन स्क्याममार्फत ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ।

साइबर ब्युरोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार ‘ट्रु कलर’मा समेत साइबर ब्युरोको नाम देखिने गरी पीडितलाई फोन सम्पर्क गरी डर, त्रास तथा प्रलोभनमा पारेर रकम असुल्ने कार्य भइरहेको सम्बन्धमा उजुरी परेपछि प्राविधिक अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा उक्त ठगी कार्यमा चार जनाको संलग्नता खुलेपछि साइबर ब्युरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय धरानको समन्वयमा वैशाख १९ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि विद्युतीय माध्यमसम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरभ भुजेल, वडा नम्बर १३ का २८ वर्षीय सजल राई र सुनसरी इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले साइबर ब्युरोको नाम प्रयोग गरी विश्वास दिलाउने, त्यसपछि विभिन्न बहानामा रकम पठाउन लगाउने जस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए।

साइबर ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलिप कुमार गिरीले यस्ता ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.