मोरङ। मोरङको उर्लाबारीमा भोलदेखि हुने अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार देखि हुने सो प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लब उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए ।
नगर भित्रका ११ टीमले प्रतिस्पर्धा गर्ने भोलिहुने पहिलो खेल उर्लाबारी–६ को मोरङ मोडल र उर्लाबारी–३ को विद्या ज्योति इङ्लिस बोर्डिङ स्कुलबीच हुने खेल संयोजक बिशाल तामाङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने चैत्र २५ गते हुने छ ।
क्लबका अध्यक्ष दिपेन्द्र धिमालका अनुसार प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन । कलेज स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य अनुसार सो प्रतियोगिता गर्न लागिएको उहाँको भनाई छ ।
कलेज स्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी बन्ने मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीले बताए । पालिका स्तरमै लिग प्रतियोगिता सञ्चालन गर्न सके थप खेलाडी उत्पादनमा टेवा पुग्ने उहाँको भनाई छ। भोलिदेखि संचालन हुने उक्त प्रतियोगितामा ६ लाख खर्च हुने अनुमान गरिएको छ।














