जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जाजरकोट। जाजरकोटमा पछिल्लो दिनहरूमा भूकम्पको धक्का पटकपटक गइरहेको छ। हिजो सोही अनुरूप राति ९:११ मिनेट जाँदा जाजरकोटको पैक भन्ने स्थानलाई मुख्य केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको र फेरि पुनः ७ घण्टाको अन्तरालमा आज बिहान ४ बजेर ५३ जाँदा अर्को भूकम्पको धक्का गएको छ।

पटकपटक सात घण्टाको अन्तरालले गएको भूकम्प बिहान कुशे गाउँपालिकाको पैकलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

यस अघि पनि गत चैत्र २१ गते साँझ ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुईपटकसम्म भूकम्प गएको थियो। गएको पहिलो भूकम्प भने ५ दशमलव २ र दोस्रो भूकम्प भने ५.५ म्याग्निच्युडको भएको थियो। त्यसबेलाको भूकम्पले गर्दा केही मानवीय संरचनामा क्षति भन्ने पुर्‍याएको थियो।

पछिल्लो समयहरूमा पश्चिम नेपाललाई नै केन्द्रबिन्दु बनाएर सानाठुला भूकम्पका धक्काहरू गइरहेको देखिन्छ। गत २० गते दार्चुलाले पनि केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। यसैगरी चैत्र १२ गते पनि हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मा पनि केन्द्रले जानकारी दिएको छ।

तर हिजो र आज बिहान गएको भूकम्पको धक्काले भौतिक संरचनामा भने के कति क्षति भयो बन्ने विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

जाजरकोटमा फेरि पनि भूकम्पको धक्का

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.