मोरङमा गुडिरहेको टिफरमा आगलागी

उर्लाबारी,मोरङ। मोरङको विराटनगर–विराटचोक सडकखण्डअन्तर्गत मिलनचोकमा आइतबार दिउँसो गुडिरहेको टिफरमा अचानक आगलागी भएको छ।

मोरङको मोतीपुरबाट इनरुवाको भुटातर्फ गिट्टी बोकेर गइरहेको प्र.१-०२-००१ ख ८५३१ नम्बरको टिफरमा दिउँसो करिब १:५० बजे आगलागी भएको अस्थायी प्रहरी चौकी घिनाघाटले जानकारी दिएको छ।

टिफरका चालक साजन सरदारका अनुसार, गाडीबाट धुवाँको गन्ध आएपछि उनले गाडी रोकेर जाँच गर्दा आगो सल्किसकेको पाएका थिए। नजिकैको घरबाट पानी ल्याएर आगो निभाउने प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए।

आगलागीका कारण टिफरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगोलाई विराटनगर महानगरपालिकाको दमकल टोलीले करिब २० मिनेटको प्रयासपछि नियन्त्रणमा लिएको थियो।

प्रहरीले टिफर चालक सरदारलाई नियन्त्रणमा लिएर आगलागीको कारणबारे थप अनुसन्धान थालेको अस्थायी प्रहरी चौकी घिनाघाटका प्रमुख सहायक निरीक्षक राजेश खड्काले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.