जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

हेटौंडा, ६ असोज । जिन जि युवा पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा बागमती प्रदेश सभाको पाँच वटा भवनमा आगजनी हुँदा करिब ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रदेश सभा प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार आन्दोलनका क्रममा पाँच वटा भवन आंशिक वा पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। तीमध्ये हालै १२ करोड २९ लाखमा निर्माण सम्पन्न भएको नयाँ भवन, पुरानो प्रदेश सभा र हालको सचिवालय रहेको भवन नम्बर १०० पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

प्राविधिक निरीक्षणपछि यी भवन सञ्चालनमा ल्याउन असम्भव देखिएको र भत्काउनुपर्ने प्रारम्भिक अनुमान गरिएको प्रवक्ता गुप्ताले जानकारी दिएका छन्। त्यस बाहेक ९ वटा सवारी साधन— ६ वटा दुई पाङ्ग्रे र ३ वटा चारपाङ्ग्रे— समेत जलेर नष्ट भएका छन्।

भवनहरू प्रयोगयोग्य नहुँदा प्रदेश सभाको बैठक सञ्चालन चुनौतीपूर्ण बनेको छ। अहिले प्राङ्गणभित्र रहेको सानो टहरामा बैठक बस्न सक्ने सम्भावना खोजिएको भए पनि दशैंअघि बैठक बस्ने सम्भावना भने सभामुखको राजीनामापछि कम भएको गुप्ताले बताएका छन्। दशैंपछि भने त्रिपाल टाँगेर भए पनि बैठक सञ्चालन गरिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रियामा जाने तयारी भइरहेको उनले स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जिन जि आन्दोलनका कारण बागमती प्रदेश सभाका पाँच भवन र ९ सवारीसाधन जलेर नष्ट, करिब ३५ करोड क्षति

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.