हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

हेटौंडा, अशोज ६ गते । हेटौंडा-१९, दारिमटार स्थित महेन्द्र राजमार्गको सडक खण्डमा बस, ट्रक र ट्यांकर एक आपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटना पश्चात् गम्भीर घाइते भएका सवारी चालक र यात्रुहरुलाई हेटौंडा अस्पताल लगिएको छ ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको ट्रक विपरीत दिशा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख २११९ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भए पछि सोही ट्रक टायर पड्किएर अनियंत्रित भइ चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको ट्यांकरसँग ठोक्किएको हो ।

विपरीत दिशाबाट आएका उक्त गाडीहरू एक आपसमा ठोक्किँदा बस र ट्रकको अगाडिको भाग सबै कुच्चिएको छ भने ट्यांकरको चालक बस्ने साइडको भाग कुच्चिएको छ । बसमा सवार एक यात्रुका भनाइअनुसार चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बसको गति धेरै भएको र बेलाबेलामा गति कम गराउन सह चालकलाई अनुरोध समेत गरेको भन्ने छ ।

दुर्घटना पश्चात् गम्भीर घाइते भएका सवारी चालक र यात्रुहरुलाई हेटौंडा अस्पताल लगिएको प्रहरीले बताएका छन् । मानवीय क्षती केकती भयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.