हेटौंडा सडक विस्तारमा ‘जबरजस्तीको नीति न्याय होइन’ — सुन्दर लामा

हेटौंडा, मंसिर २१ गते । हेटौंडा बजार क्षेत्रमा भइरहेको सडक विस्तारका क्रममा प्रभावित परिवारहरूलाई उचित क्षतिपूर्ति तथा व्यवस्थित पुनर्स्थापना बिना बल प्रयोग गरिएको भन्दै श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामाले आपत्ति जनाएका छन्।

लामाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै विकासको नाममा व्यापारिक संरचना तथा घर–जग्गाधनीहरूलाई न्यायसम्मत प्रक्रिया नअपनाई जबरजस्ती गरिएको कुनै पनि काम स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, *“विकासको नाममा ब्यापारी र मौजाद नपाएका घर–बेटीहरूलाई उचित क्षतिपूर्ति व्यवस्थापन बिना जबरजस्ती बल प्रयोगले कसैको न्याय हुँदैन। जनताको भावना नबुझ्ने सरकारलाई सरकार भनिदैन। जनताकै निम्ति सरकार हो।”*

सडक विस्तारलाई सरकारको प्राथमिकताको रूपमा अगाडि बढाइए पनि प्रभावित पक्षको सुनुवाइ नहुँदा स्थानीयवासीले पनि असन्तोष व्यक्त गर्दै आएका छन्। लामाले राज्यको भूमिकाले नागरिकको अधिकार रक्षा गर्नुपर्नेमा उल्टै दबाब, बल प्रयोग र एकतर्फी निर्णयले भरोसा घटाएको टिप्पणी गरेका छन्।

स्थानीय व्यापारीहरूका अनुसार क्षतिपूर्ति तथा वैकल्पिक व्यवस्थापनबिना संरचना हटाउने प्रक्रिया तीव्र बनाइएको छ, जसले दैनन्दिन जीवन र व्यवसायमा ठूलो असर पारेको छ।

यस विषयमा सम्बन्धित निकायले भने कानूनी प्रक्रिया अनुसार काम भइरहेको बताउँदै आए पनि प्रभावितहरूले विस्तृत मूल्यांकन, उचित क्षतिपूर्ति र न्यायोचित संवाद बेगर विकासको काम अस्वीकार्य हुने जिकिर गरेका छन्।

हेटौंडामा सडक विस्तारसँगै उत्पन्न विवादले आगामी दिनमा स्थानीय प्रशासन, सरकार र जनप्रतिनिधिमाथि थप दबाब सिर्जना भएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा सडक विस्तारमा ‘जबरजस्तीको नीति न्याय होइन’ — सुन्दर लामा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडा सडक विस्तारमा ‘जबरजस्तीको नीति न्याय होइन’ — सुन्दर लामा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडा सडक विस्तारमा ‘जबरजस्तीको नीति न्याय होइन’ — सुन्दर लामा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडा सडक विस्तारमा ‘जबरजस्तीको नीति न्याय होइन’ — सुन्दर लामा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडा सडक विस्तारमा ‘जबरजस्तीको नीति न्याय होइन’ — सुन्दर लामा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडा सडक विस्तारमा ‘जबरजस्तीको नीति न्याय होइन’ — सुन्दर लामा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.