आगामी फागुनमा सम्भावित निर्वाचनले ‘कायापलट’ गराउने दाबी: माटो चिन्हलाई अत्याधिक बहुमतले जिताउने सुन्दर लामाको आग्रह

हेटौँडा, मंसिर २३ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आगामी फागुनमा निर्वाचन हुने हो भने नेपालको राजनीतिक इतिहासमै ठूलो परिवर्तन हुने दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस प्रकाशित गर्दै अहिलेको राजनीतिक अवस्थाप्रति जनता जागरूक भइसकेकाले राष्ट्रियता र परिवर्तनको पक्षमा स्पष्ट मतदाताहरू एकजुट हुँदै लागेको उल्लेख गरेका छन्।

लामाका अनुसार नेपाली जनताले विगतका दलहरूलाई धेरै पटक अवसर दिइसकेकाले अब नयाँ विकल्पको खोजी तीव्र बनेको छ। “अब एक पटक हर्कबाद र माटो चिन्हलाई अबस्य जिताउँछन्,” उनले लेखेका छन्। उनले जनताले भ्रममा पर्ने समय समाप्त भइसकेको र ‘हाम्रो होइन, राम्रो’ को पक्षमा बस्ने चेतना विकसित भएको बताए।

आगामी निर्वाचनमा माटो चिन्हलाई भारी बहुमतसहित जिताउन सबैलाई आह्वान गर्दै उनले परिवर्तनको नेतृत्व गर्ने समय आएको दाबी गरेका छन्। लामाले आफ्नो स्टाटसमा, “माटो चिन्हमा भोट हालेर अत्यधिक बहुमतले विजय गरौँ,” भन्दै जनसमर्थन जुटाउने प्रयास गरेका छन्।

श्रम संस्कृति पार्टीले हाल विभिन्न जिल्लामा संगठन विस्तार र जनकहाँ प्रचार–प्रसार अभियानलाई तीव्र पारेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.