लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापी रूपमा मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले नेपाली जनताको लोकतन्त्र प्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एक पटक सशक्त रूपमा अभिव्यक्त भएको छ।

गगनकुमार थापाले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरेका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ प्रति नेपाली कांग्रेसको तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गरेका छन्।

उनले मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वासलाई पुष्टि गरेको र अर्कोतर्फ राजनीतिक दलहरू तथा अब बन्ने सरकारलाई जन-अपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको उल्लेख गरेको छ।

केही निर्वाचन क्षेत्रमा घटेका छिटफुट घटना बाहेक समग्र रूपमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएकोमा उनले सरकार र निर्वाचन आयोग प्रति विशेष धन्यवाद व्यक्त गरे।

निर्वाचन सफल बनाउन अहोरात्र खटेका राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण सुरक्षा निकाय प्रति हार्दिक आभार र बधाई व्यक्त गर्दै उनले निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन योगदान पुर्‍याएका राजनीतिक दलहरू, सञ्चारकर्मीहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू प्रति पनि धन्यवाद ज्ञापन गरेका छन्।

नेपाली लोकतन्त्रको सुदृढीकरणमा आम नागरिकदेखि सरोकारवाला सबै पक्षको भूमिकालाई स्मरण गर्दै थापाले लोकतान्त्रिक अभ्यासलाई अझ सबल बनाउँदै लैजान सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.