२०८२ फाल्गुन २१, बिहीबार १९:१०
२०८२ फाल्गुन २१, बिहीबार १९:१०
हेटौँडा, फागुन २१ गते । आज साँझ ५ बजे सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण पक्षप्रति मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। उम्मेदवार बर्तौलाले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाता, विभिन्न राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी तथा अन्य सरोकारवाला निकायहरूको भूमिकाको उच्च प्रशंसा गरेको छ। उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने क्रममा देखिएको नागरिकको उत्साह, जिम्मेवारीबोध र सहकार्यले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सफल बनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे। साथै, निर्वाचन सफलताका लागि दिनरात खटिएका सबै प्रति…