मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

हेटौँडा, फागुन २१ गते । आज साँझ ५ बजे सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पक्षप्रति मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

उम्मेदवार बर्तौलाले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाता, विभिन्न राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी तथा अन्य सरोकारवाला निकायहरूको भूमिकाको उच्च प्रशंसा गरेको छ।

उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने क्रममा देखिएको नागरिकको उत्साह, जिम्मेवारीबोध र सहकार्यले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सफल बनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे। साथै, निर्वाचन सफलताका लागि दिनरात खटिएका सबै प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ बनाउँदै अघि बढ्न सबैलाई आग्रह गरेको छ।

महेश कुमार बर्तौला नेकपा एमालेका तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.