जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ, गृहमन्त्री सुदन गुरुङको चेतावनी—“कानुनभन्दा माथि कोही छैन”

काठमाडौँ, चैत १७ गते । जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय राम शरण शर्मा बजगाईँ (आरबी शर्मा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला ललितपुर, गोदावरी नगरपालिका–१० टाखेल निवासी बजगाईँलाई पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनापछि गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सरकारले हरेक नागरिकको सुरक्षामा गम्भीरतापूर्वक निगरानी गरिरहेको बताएका छन्। उनले कसैलाई पनि अन्याय वा दुर्व्यवहार सहन नपर्ने भन्दै कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पारे।

मन्त्री गुरुङले जेष्ठ नागरिकजस्ता संवेदनशील समूहप्रति हुने दुर्व्यवहार अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएका छन्।

प्रहरीले नागरिकलाई यस्ता घटनाबारे जानकारी पाएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.