Day: २०८२ चैत्र १७, मंगलवार २३:४४

मकवानपुरको मनहरीमा तामाङ भाषा र लिपि सिकाइ कार्यक्रम सुरु, युवाहरूलाई मातृभाषा संरक्षणमा जोड

मकवानपुरको मनहरीमा तामाङ भाषा र लिपि सिकाइ कार्यक्रम सुरु, युवाहरूलाई मातृभाषा संरक्षणमा जोड

मनहरी, चैत १७ गते । मकवानपुरको मनहरी गाउँपालिकामा तामाङ समुदायका युवा तथा अगुवालाई लक्षित गर्दै तीन दिने तामाङ भाषा तथा लिपि सिकाइ कार्यक्रम सुरु भएको छ। नमस्ते मनहरी मिडिया प्रालिको आयोजनामा सुरु भएको उक्त कार्यक्रम अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा मनहरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो। कार्यक्रमका सहभागी तथा आयोजकहरूले मातृभाषाको संरक्षण, प्रवर्धन र पुस्तान्तरणका लागि यस्ता प्रशिक्षण आवश्यक रहेको बताएका छन्। सहभागीहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति सचेत हुन समेत आग्रह गरिएको थियो। आजदेखि तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा तामाङ पत्रकार संघ बाग्मती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र थोकरले सहभागी युवाहरूलाई लिपि सम्बन्धी…
Read More
ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

ललितपुरमा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार: गृहमन्त्री सुधन गुरूङको तुरुन्त् ‘एक्सन’

ललितपुर, चैत १७ गते । केही दिनअघि, एमालेका कार्यकर्ताहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नारा लगाउँदै हिँड्ने क्रममा एक ज्येष्ठ नागरिक माथि दुर्व्यवहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। घटनापछि गृहमन्त्री सुधन गुरूङको निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति रामशरण शर्मा बजगाईंलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ। यसैबीच, गृहमन्त्री सुधनले पीडित ज्येष्ठ नागरिकलाई ललितपुरस्थित उनका निवासमा पुगेर भेटेका छन्। आफू पीडित हुँदा तुरुन्तै कारवाहीमा उत्रिएर साथ दिएकोमा उनीहरूले गृहमन्त्री सुधनलाई धन्यवाद दिएका छन्। घटनाबारे जानकारी पाएलगत्तै तुरुन्तै ‘एक्सन’ लिएको भन्दै गृहमन्त्री सुधनले यस्तो कार्यले नागरिकको सुरक्षामा सरकार कत्तिको संवेदनशील छ…
Read More
जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ, गृहमन्त्री सुदन गुरुङको चेतावनी—“कानुनभन्दा माथि कोही छैन”

जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ, गृहमन्त्री सुदन गुरुङको चेतावनी—“कानुनभन्दा माथि कोही छैन”

काठमाडौँ, चैत १७ गते । जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडिको सडकपेटीमा हिँडिरहेका एक जेष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय राम शरण शर्मा बजगाईँ (आरबी शर्मा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला ललितपुर, गोदावरी नगरपालिका–१० टाखेल निवासी बजगाईँलाई पक्राउ गरी हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनापछि गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सरकारले हरेक नागरिकको सुरक्षामा गम्भीरतापूर्वक निगरानी गरिरहेको बताएका छन्। उनले कसैलाई पनि अन्याय वा दुर्व्यवहार सहन नपर्ने भन्दै कानुनभन्दा माथि कोही पनि…
Read More
त्रिभुवन विमानस्थलमा सुधारको पहल: मन्त्री गनेस पौडेल र सांसदहरूको स्थलगत अनुगमन, सेवा प्रवाह सुधार्ने प्रतिबद्धता

त्रिभुवन विमानस्थलमा सुधारको पहल: मन्त्री गनेस पौडेल र सांसदहरूको स्थलगत अनुगमन, सेवा प्रवाह सुधार्ने प्रतिबद्धता

काठमाडौँ, चैत १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेस पौडेल सहितको टोलीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थलगत अनुगमन गरेको छ। उक्त अनुगमनमा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य पुकार बम तथा मकवानपुरका सांसद प्रशान्त उप्रेती समेत सहभागी थिए।   सांसद उप्रेतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विमानस्थलको अवस्था सुधार गर्न गरिएको अनुगमन औपचारिकतामात्र नभई जिम्मेवारीबोध र परिणाममुखी कदम भएको बताएका छन्। उनका अनुसार अनुगमनका क्रममा यात्रुहरूले भोग्दै आएका विभिन्न समस्या, असुविधा तथा सुरक्षासम्बन्धी चिन्तालाई नजिकबाट अवलोकन गरिएको थियो।   विमानस्थलमा देखिएका भीड व्यवस्थापन, सेवा प्रवाहको ढिलासुस्ती तथा यात्रु सुरक्षासँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन…
Read More
उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

उपमेयर सुनिता डंगोल को आह्वान: काठमाडौँमा स्तन तथा सर्भाइकल क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौँ, चैत १७ गते । काठमाडौँ महानगरपालिकाले स्तन तथा पाठेघरको मुख (सर्भाइकल) क्यान्सरको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ। महानगरपालिकाले महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभियान सञ्चालनमा ल्याएको हो। महानगरकी उपमेयर सुनिता डंगोल ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यान्सर समयमै पत्ता लागे उपचार सम्भव हुने भएकाले नियमित जाँच गराउन सबै महिलालाई आग्रह गरेकी छन्। विशेषगरी ३० देखि ६० वर्ष उमेर समूहका महिलाले प्रत्येक पाँच वर्षमा कम्तीमा एक पटक परीक्षण गराउनु आवश्यक रहेको उनले उल्लेख गरेकी छन्। यस कार्यक्रम अन्तर्गत इच्छुक महिलाले आफ्नो वडा स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गई नाम दर्ता गराउन सक्नेछन्। दर्ता पश्चात् तोकिएको मितिमा वीर अस्पतालमा पुगेर निःशुल्क…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.