मकवानपुरको मनहरीमा तामाङ भाषा र लिपि सिकाइ कार्यक्रम सुरु, युवाहरूलाई मातृभाषा संरक्षणमा जोड

मनहरी, चैत १७ गते । मकवानपुरको मनहरी गाउँपालिकामा तामाङ समुदायका युवा तथा अगुवालाई लक्षित गर्दै तीन दिने तामाङ भाषा तथा लिपि सिकाइ कार्यक्रम सुरु भएको छ। नमस्ते मनहरी मिडिया प्रालिको आयोजनामा सुरु भएको उक्त कार्यक्रम अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा मनहरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।

कार्यक्रमका सहभागी तथा आयोजकहरूले मातृभाषाको संरक्षण, प्रवर्धन र पुस्तान्तरणका लागि यस्ता प्रशिक्षण आवश्यक रहेको बताएका छन्। सहभागीहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति सचेत हुन समेत आग्रह गरिएको थियो।

आजदेखि तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा तामाङ पत्रकार संघ बाग्मती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र थोकरले सहभागी युवाहरूलाई लिपि सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने छन्। उनले तामाङ भाषाको लेखनशैली, लिपिको प्रयोग, व्यावहारिक अक्षरांश लेख्ने र बोल्ने तरिका लगायत विषयमा प्रशिक्षण दिने योजना रहेको बताएका छन्।

पहिलो दिनको कार्यक्रममा करिब ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। उद्घाटन समारोहमा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य राजकुमार स्याङ्बो, सुनाचुरी सामुदायिक वनका अध्यक्ष पार्वती मोक्तान, नेपाल तामाङ घेदुङका प्रतिनिधि तथा सञ्चार माध्यमका पत्रकारहरू समेत उपस्थित थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.