सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

हेटौंडा,बैशाख १ गते । एउटै व्यक्तिलाई एउटै समाजले फरक–फरक तराजुमा जोखेको दृश्य यतिबेला हेटौंडामा देखिएको छ। सामाजिक अभियन्ताका रूपमा चिनिएका बिशाल राज महत लाई एकातिर सम्मान गरिएको छ भने अर्कोतिर कारबाहीको सिफारिस गरिएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को भवन उद्घाटन कार्यक्रममा महतलाई विशेष सम्मान गरिएको थियो। अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका, बिरामीको सहारा बन्ने, विद्यार्थीको अभिभावक जस्तो भूमिका निर्वाह गर्ने र जनताको पक्षमा खबरदारी गर्ने कार्यको कदरस्वरूप उनलाई माला र खादा ओढाएर सम्मान गरिएको हो।

तर सम्मानको माहोल सेलाउन नपाउँदै अर्को पाटोबाट उनको विरोध सुरु भएको छ। पछिल्लो समय हेटौंडा–काठमाडौं भिमफेदी सुरुङ मार्ग मा जनताको लगानी डुबेको भन्दै “फिर्ता गर” अभियान चलाउँदै आएका महतलाई राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर ले संगठित सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

यस घटनाले अहिले स्थानीयस्तरमा गम्भीर बहस जन्माएको छ। जनताको पैसा फिर्ता माग्नु र बेथितिविरुद्ध बोल्नु अपराध हो कि राजनीतिक अनुशासन उल्लङ्घन भन्ने प्रश्न उठ्न थालेको छ।

अझ रोचक कुरा के छ भने, एकातिर सम्मानित महतलाई सम्भावित भावी मेयरका रूपमा हेरिँदै आएको छ भने अर्कोतिर आफ्नै राजनीतिक वृत्तबाट कारबाहीको सिफारिस हुनु विरोधाभासपूर्ण देखिएको छ।

स्थानीय स्रोतका अनुसार आसन्न निर्वाचन नजिकिँदै जाँदा महतको सक्रियता केही राजनीतिक पात्रहरूका लागि असहज बन्दै गएको चर्चा छ। यही कारण उनलाई एकातिर उचाल्ने र अर्कोतिर दबाउने प्रयास भइरहेको आकलन गरिएको छ।

अन्ततः प्रश्न भने यथावत् छ—यो समाजले आवाज उठाउनेलाई सम्मान गर्ने हो कि चुप लाग्न सिकाउने? कि अब दुवै प्रक्रिया सँगसँगै चल्ने नयाँ अभ्यासको सुरुवात यही हो?

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.