२०८३ बैशाख १, मंगलवार २३:१७
२०८३ बैशाख १, मंगलवार २३:१७
हेटौंडा,बैशाख १ गते । सुन्दर लामाले वर्तमान सरकार र नेतृत्वप्रति टिप्पणी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न पारदर्शिताको माग गरेका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेका उनले आफ्नो फेसबुक वालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले चर्चित र्यापर आशिस राना (लाउरे)ले हालै ब्रोडकास्टमार्फत व्यक्त गरेको अभिव्यक्तिलाई उद्धृत गर्दै विगत र वर्तमानबीचको आर्थिक अवस्थाबारे प्रश्न उठाएका छन्। लाउरेले “१० वर्ष अघि खल्तीमा २०० रुपैयाँ पनि हुँदैनथ्यो, पुरानो पल्सर बाइक थियो, कहिले भित्तामा अड्याउनुपर्ने, कहिले भुइँमा राख्नुपर्ने अवस्था थियो” भन्ने सन्दर्भ उल्लेख गरेका छन्। यसै सन्दर्भलाई जोड्दै लामाले अहिले सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका सम्पत्ति विवरणले जनतालाई पूर्ण रूपमा विश्वस्त…