राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

हेटौंडा,बैशाख १ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन गरिएको छ। वडा अध्यक्ष शुशिल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा रहेकी थिइन्।

कार्यक्रममा नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै नगर प्रमुख लामाले हेटौंडा नगरको दीर्घकालीन परिकल्पना अनुरूप विकास निर्माणका कार्यहरू अघि बढिरहेको बताइन्। उनले वडा कार्यालयहरूलाई जनताको सेवा प्रवाहको आधारस्तम्भका रूपमा उल्लेख गर्दै सेवा विस्तारका लागि आवश्यक जिम्मेवारी सबै वडालाई प्रदान गरिसकिएको जानकारी दिइन्।

नगर प्रमुख लामाले भवन निर्माणका लागि जग्गा व्यवस्थापनदेखि निर्माण सम्पन्न हुँदासम्म सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरिन्। साथै, शिक्षा, स्वास्थ्य, व्यक्तिगत सिफारिस लगायतका सरकारी सेवाहरू छिटो, छरितो र प्रभावकारी ढंगले प्रवाह गर्न जनप्रतिनिधि तथा कर्मचारीहरू समर्पित हुनुपर्नेमा जोड दिइन्।

उनले वडा नम्बर ५ लाई नमूना वडा बनाउने लक्ष्यसहित स्थानीय बासिन्दालाई सक्रिय भूमिका खेल्न आह्वान गरिन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.