राप्ती खबर

1119 Posts
सरकारले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्यो

सरकारले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्यो

काठमाडौँ। आज सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारणी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। ओली सरकारद्वारा अथक प्रयास गरिरहँदा आज बल्ल यो निर्णयमा पुग्न सफल भएको हो। आज बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई हटाउन निर्णय सहित बर्खास्त गरिएको बैठकमा संलग्न एक मन्त्रीले सञ्चारकर्मीहरूलाई जानकारी दिए। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारिणी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उनी उक्त पदमा रहन दोस्रो कार्यकालको लागि प्राधिकरणमा नियुक्त हुन सफल भएका थिए। प्राधिकरणको कार्यकारणी निर्देशकको समय अवधि सकिनु अगाडि नै सरकारले उनलाई आज हटाएको हो। घिसिङको ओली सरकारबीच खासै निकट सम्बन्ध भने भइरहेका थिएन।…
Read More

‘ए ङाला ह्राङ्बा माया’ को हृदयविदारक गीत सार्वजनिक

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक भएको छ । चर्चित नायक तथा निर्देशक हुत्त सञ्जय लामाको प्रमुख भूमिका रहेको यस चलचित्रको शिर्ष गीतमा हृदयविदारक कथा समावेश गरिएको छ । गीतको म्यूजिक भिडियो ह्याङ्ला म्हारम्हेन्दो मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । शिर्ष गीतमा बिछोडिँदै गरेको दुई प्रेमीको कथा छ । अर्पण थिङको संगीत, एरेञ्ज र आवाजमा तयार भएको यस गीतलाई सागर दोङ तामाङ र हुत्त संजय लामाले लेखेका हुन् । चलचित्रमा हुत्त सञ्जय लामा, तारा थोकर, विक्रम लामा, प्रज्मी बोम्जन, हेमकुमार तितुङ, हिराबहादुर मोक्तान, गोकुल तामाङ, कुमार मोक्तान, अनिल ब्लोन, राजकुमार…
Read More

द भोईस अफ नेपालबाट किन आउट भए प्रमोद खरेल ?

मकवानपुर । द भोईस अफ नेपालका चर्चित कोच गायक प्रमोद खरेल सिजन ६ मा नहुने समाचार बाहिरिएपछि दर्शकहरु आक्रोशित बनेका छन् । शोमा सबैका प्रिय कोचका रुपमा देखिएका कोच प्रमोद खरेललाई अन्तिम समयमा किन आउट गरियो भन्दै दर्शकहरुले कारण सोधिरहेका छन् । यस विषयमा भोईस टिमबाट भने कुनै जवाफ आएको छैन । आखिर किन भए त गायक प्रमोद खरेल भोईसबाट आउट ? के हो वास्तविकता ? द भोईस अफ नेपाल सिजन ६ का ४ जना कोचहरुका विषयमा भोइसको टिमबाट औपचारिक घोषणा त भएको छैन । कोचमा गायक राजु लामा फर्कने विषय भने निश्चित भएका कारण यसबारे प्रोमो नै सार्वजनिक भएको…
Read More

चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडामा कात्तिक १४ गते प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा यही कात्तिक १४ गते प्रदर्शन हुने भएको छ । चलचित्रको यसअघि नै ३ दिन हेटौँडामा नै विशेष प्रदर्शन समेत गरिएको थियो । चलचित्रका निर्देशक तथा नायक बिनायक तामाङका अनुसार दर्शकहरुको उच्च मागका कारण चलचित्रलाई पून प्रदर्शन गर्न लागिएको हो । चलचित्रकी नायिका तथा निर्मात्री संगिता तितुङले पनि दर्शकहरुको मायाले गर्दा चलचित्रलाई फेरि प्रदर्शन गर्न हौसला मिलेको बताईन् । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) ले विशेष शोमा कलाकारहरुको पनि उपस्थिति रहने बताए । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो…
Read More

कवि यश लामाको कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

मकवानपुर । चर्चित साहित्यकार यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा भएको साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन् । लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका कवि लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी हुन् । लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए। सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी…
Read More

द भोईस किड्स नेपालका ३ विजेताहरु (भिडियो)

मकवानपुर । द भोईस किड्स नेपालका ३ सिजनहरुमा कोच प्रमोद खरेलको टिमले जित हासिल गरेको छ । सिजन १ मा उनको टिमबाट जेनिश उप्रेती, सिजन २ मा स्पन्दन सुब्बा र सिजन ३ मा अनुया तामाङले जित हासिल गरेका हुन् । हेर्नुहोस् भिडियो सामग्री–
Read More

‘नमेटिने घाउ’मा एसिड आक्रमणमा परेकाहरुको कथा

मकवानपुर । एसिड आक्रमणका पीडितहरुको सत्य कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोलीले हेटौँडामा संचारकर्मीसँग भेटघाटसहित पत्रकार सम्मेलन गरेका छन् । रमित ढुंगाना फिल्म प्रडक्सद्वारा निर्मित ुनमेटिने घाउु चलचित्रको प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिड पीडितहरुको तस्बिर राखिएको निर्माण टिमले बताए । शनिबार हेटौंडा पत्रकार सम्मेलन गर्दै निर्माण टोलीले भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शन गरिने चलचित्रमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीलगायतको अभिनय रहेको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्माता रमिले यसअघि आफूले एसिड पीडित मुस्कान खातुनको बायोपिक ‘मुस्कान’ बनाउने तयारी रहेको थियो । तर, त्यसलाई स्थगित गरेर अन्य एसिड पीडितलाईसमेत समेटेर ‘नमेटिने…
Read More

आश्माले जितिन् मिस नेपाल २०२४ को ताज (भिडियो)

चन्द्र घलान, मकवानपुर । मिस नेपाल २०२४ को ताज आश्मा कुमारी केसीले जितेकी छिन् । शनिबार भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिका लागि फाईनलमा आस्मा कुमारी केसी, सिम्रिका मानन्धर, प्रेरभिात स्वार, श्रद्धा सुमन सिलवाल, करुणा रावत र सुमना केसीबिच कडा प्रतिस्पर्धा भएको थियो । नतिजा घोषणा प्रश्चात आश्मालाई मिस नेपाल वल्र्ड २०२३ की विजेता श्रृच्छा प्रधानले मिस नेपाल वल्र्ड २०२४ को क्राउन हस्तान्तरण गरेकी थिईन् । शोमा मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि जीतेकी छ्नि । शोको सबटाईटल अवार्डतर्फ मिस नेपाल वर्लड आश्माकुमारी केसीले मिस सिल्क…
Read More

टेलिचलचित्र ‘के ताल भो के ताल भो’ अझै परिष्कृत हुने, ‘ल्होसार’मा नारी प्रधान कथा

मकवानपुर । टेलिचलचित्र ‘के ताल भो के ताल भो’ का साथै लघु चलचित्र ‘ल्होसार’ का विषयमा मंगलबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना भएको छ । मामाभान्जा फिल्म्स् प्रोडक्सन तथा झलझली मल्टि क्रियसन म्युजिक स्टुडियोको प्रस्तुतिमा तयार भएको टेलिचलचित्र ‘के ताल भो के ताल भो’ हाँस्यव्यङ्ग्यमा आधारित समाजिक कथा वाचन गर्ने टेलिचलचित्र हो । यो टेलिचलचित्र अहिले हेटौँडाको नेशनल गोल्ड एच डी टेलिभिजनबाट हरेक शुक्रबार राति ८ः३० बजे प्रसारण हुनुका साथै युट्युब च्यानलबाट पनि प्रत्यक्ष हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा बोल्दै टेलिचलचित्रका पटकथा लेखक आशाकाजी श्रेष्ठले स्थानीय स्तरमा पनि टेलिचलचित्र निर्माण र प्रसारण गर्ने आफुहरुको चाहना पुरा भएको बताए । टेलिचलचित्रलाई कलाकार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.