कृषि समाचार

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

पानी संगै आएको हाबाहुरीले झापाको केरा खेतीमा क्षति

झापा। पानीसँगै आएको हावा हुरीले झापाको केरा खेतीमा क्षति भएको छ। हिजो (आईतबार) साँझ बाह्रदर्शी गाउँपालिका-७ बत्तीसबिघे स्थितमा स्थानीय १५ घर धुरीले ब्यक्तिगत रुपमा अन्दाजी ३० बिघा जग्गामा लगाएको केराको बोटहरु ढालेर पूर्ण रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Read More
उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

उर्लाबारीमा प्रतिबन्धित भारतीय माछा नष्ट

उर्लाबारी (मोरङ)। उर्लाबारी–९ स्थित राजघाट प्रहरी चौकीले शनिबार साँझ बरामद गरिएको प्रतिबन्धित भारतीय माछा नष्ट गरेको छ। उर्लाबारी–९ को जोरबाटो क्षेत्रमा गस्तीका क्रममा हवल्दार हेमचन्द्र लिम्बुको कमाण्डमा प्रहरी टोलीले बीआर ३७ जेड ७१४७ नम्बरको मोटरसाइकल फेला पारेको थियो। मोटरसाइकल चालक फरार भएपछि गरिएको जाँचमा करिब ८० किलो मरेको माछा बरफ लगाई दुई बोरा र दुई कार्टुनमा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। बरामद गरिएको माछा आवश्यक अनुसन्धानपछि राजघाट प्रहरी चौकीको परिसरमा खाल्डो खनी पुरेर नष्ट गरिएको प्रहरी स्रोतले जनाएको छ।
Read More
उर्लाबारीमा प्रतिबन्धित २ सय केजी मुग्री माछा नष्ट

उर्लाबारीमा प्रतिबन्धित २ सय केजी मुग्री माछा नष्ट

मोरङ। मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित २ सय केजी मुग्री माछा नष्ट गरेको छ। हालको बजार मूल्य अनुसार उक्त माछाको अनुमानित मूल्य करिब ५० हजार रुपैयाँ बराबर रहेको बताइएको छ। प्रहरीका अनुसार सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै उक्त माछा बरामद गरी नष्ट गरिएको हो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.