२०८२ माघ २, शुक्रबार २२:४४
२०८२ माघ २, शुक्रबार २२:४४
हेटौंडा, माघ २ गते । हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालन हुने मेला, महोत्सव तथा प्रदर्शनीहरू कानुन, कार्यविधि र जनसरोकारअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । सेवा, सहयोग र आवाजको अभियान अन्तर्गत अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जाल मार्फत मेला सञ्चालन सम्बन्धी संक्षिप्त विवरण सार्वजनिक गर्दै सुशासनको अभ्यास तर्फ पहिलो कदम चालिएको बताएको छ । उनले हेटौंडा उपमहानगरपालिकाले नै मेला सञ्चालनको अनुमति दिने र हेटौंडा राजपत्र २०८२/०२/२३ अनुसार मेला, महोत्सव तथा प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि लागू हुने स्पष्ट गरेको छ । कार्यविधिअनुसार नगरप्रमुख अनुगमन संयोजक रहने व्यवस्था रहेको पनि उल्लेख गरिएको छ । स्टाटसमा मेला केवल मनोरञ्जन वा व्यापारिक…