Day: २०८२ फाल्गुन २९, शुक्रबार २३:५०

हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

हेटौँडा, फागुन २९ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब ६ बजेर १० मिनेटतिर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको ट्रेलर र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ट्रेलर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका ३८ वर्षीय गोबिन्द चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनी स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल…
Read More
धुलो–धुवाँ नियन्त्रण नगरे आन्दोलन: शिवम सिमेन्टविरुद्ध स्थानीय आक्रोश, समिति गठन नभएको भन्दै आन्दोलनको चेतावनी

धुलो–धुवाँ नियन्त्रण नगरे आन्दोलन: शिवम सिमेन्टविरुद्ध स्थानीय आक्रोश, समिति गठन नभएको भन्दै आन्दोलनको चेतावनी

हेटौंडा, फागुन २९ गते । शिवम सिमेन्ट उद्योगबाट हुने धुलो–धुवाँ नियन्त्रणको माग गर्दै स्थानीय बासिन्दाले पुनः आन्दोलनको चेतावनी दिएका छन्। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत उद्योग र जन-प्रतिनिधिप्रति असन्तुष्टि जनाउँदै अब आन्दोलनको तयारीमा रहेको बताएका हुन्। महतका अनुसार पटक–पटक खबरदारी गरिएपछि शिवम सिमेन्टका प्रतिनिधिसँग दुई पटकसम्म स्पष्ट छलफल भएको थियो। सो छलफलमा उद्योगका प्रतिनिधि, स्थानीय पीडित बासिन्दा, जनप्रतिनिधि तथा पत्रकारहरूको उपस्थितिमा धुलो–धुवाँ नियन्त्रणका विषयमा समाधान खोज्ने सहमति भएको थियो। तर उद्योगका तर्फबाट निरन्तर आलटाल मात्र भएको आरोप महतले लगाएका छन्। उद्योगले प्रभावकारी कदम नचालेपछि स्थानीय बासिन्दाको उपस्थितिमा आन्दोलनको घोषणा गरिएको उनले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.