२०८३ श्रावण २३, शनिबार २३:१४
२०८३ श्रावण २३, शनिबार २३:१४
हेटौंडा, साउन २३ गते । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा २५ वर्षपछि फेरि मेसिन चल्न थालेका छन्। नेपाली सेनाको उत्पादन निर्देशनालयको टोलीले उद्योगमा रहेका पुराना मेसिनहरूको आवश्यक मर्मत तथा क्यालिब्रेसन गरेपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो। उद्योग पुनः सञ्चालनका लागि सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएपछि उत्पादन निर्देशनालयको टोली उद्योगमा खटिएको थियो। टोलीले लामो समयदेखि थन्किएका मेसिनको अवस्था परीक्षण गर्दै आवश्यक मर्मतसम्भार र क्यालिब्रेसन गरेपछि केही मेसिनबाट परीक्षण उत्पादन सुरु गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सहसचिव रामनन्द सुवेदीले नेपाली सेनाको टोलीले उद्योगमा रहेका मेसिन मर्मत गरी परीक्षण उत्पादन सुरु गरेको जानकारी दिएका…