Day: २०८३ आश्विन १९, सोमबार १८:२६

भूमि समस्या समाधानमा सरकारको प्राथमिकता : हालसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण

भूमि समस्या समाधानमा सरकारको प्राथमिकता : हालसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण

काठमाडौं, असोज १९ गते । प्रधानमन्त्री बालेन्द्र शाहले भूमि सम्बन्धी समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भूमि समस्या समाधानका लागि विगतका संरचना र कार्यशैलीमा परिवर्तन गर्दै परिणाममुखी ढंगले काम अघि बढाइएको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाहका अनुसार विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी हालसम्म ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ। उनले भूमि सम्बन्धी समस्या समाधानको विषय नयाँ नभएको उल्लेख गर्दै वि.सं. २०१५ सालको संसदीय निर्वाचनका बेला नेपाली कांग्रेसको घोषणापत्रमै भूमिहीन किसानलाई प्राथमिकताका आधारमा जग्गा वितरण गर्ने विषय समेटिएको स्मरण गरेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.