Day: २०८३ आश्विन २३, शुक्रबार २३:५४

अपाङ्गता भएका युवाका लागि काठमाडौँमा तीनदिने नमुना युवा संसद सुरु

अपाङ्गता भएका युवाका लागि काठमाडौँमा तीनदिने नमुना युवा संसद सुरु

काठमाडौँ, असोज २३ गते । नेत्रहीन युवा संघ नेपाल (BYAN) को आयोजना र राष्ट्रिय युवा परिषद् नेपालको सहकार्यमा 'फर युथ लिडरसिप' परियोजनाअन्तर्गत तीनदिने 'नमुना युवा संसद' कार्यक्रम काठमाडौँमा सुरु भएको छ। दृष्टिविहीन, बहिरा तथा शारीरिक अपाङ्गता भएका युवाहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा काठमाडौँ, चितवन र झापा गरी तीन जिल्लाका ३३ जना अपाङ्गता भएका युवाहरूको सहभागिता रहेको छ। अपाङ्गता भएका युवाहरूलाई देशको संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया, विधेयक र संसदीय शब्दावलीबारे व्यावहारिक ज्ञान दिँदै उनीहरूमा नेतृत्व विकास, आत्मबल वृद्धि तथा नीति निर्माण र निर्णय प्रक्रियामा सहभागिता बढाउने उद्देश्यले यो अभ्यास सुरु गरिएको हो। नेत्रहीन युवा संघ नेपालका केन्द्रीय महासचिव…
Read More
मनहरीमा सीमान्तकृत समुदायका विद्यार्थीलाई हेमराइट्स मकवानपुरद्वारा खाद्यान्न वितरण

मनहरीमा सीमान्तकृत समुदायका विद्यार्थीलाई हेमराइट्स मकवानपुरद्वारा खाद्यान्न वितरण

मनहरी, असोज २३ गते । सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा र नेतृत्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीस्थित श्री प्रजा माध्यमिक विद्यालयमा विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको छ। शुक्रबार हेमराइट्स मकवानपुरको आयोजना, कोर इन्टरनेसनल क्यानडाको आर्थिक सहयोग, मनहरी गाउँपालिकासँगको समन्वय तथा श्री प्रजा माध्यमिक विद्यालयको व्यवस्थापनमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनुवारको सभापतित्व तथा हिराबहादुर प्रजाको प्रमुख आतिथ्यता रहेको थियो। हेमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा इन्दुकुमारी तामाङ, सञ्जीव गुरुङ, लक्ष्मी वाइबालगायत अतिथि, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक वाइबाले राखेकी थिइन्। कार्यक्रममा बोल्दै…
Read More
हेटौंडाबाट तीन जना पक्राउ, नागरिकताका ५२ प्रतिलिपि, ४ चेकबुक र ४३ सिमकार्ड बरामद

हेटौंडाबाट तीन जना पक्राउ, नागरिकताका ५२ प्रतिलिपि, ४ चेकबुक र ४३ सिमकार्ड बरामद

हेटौंडा, असोज २३ गते । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–५, सानोपोखराबाट ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, ४ थान चेकबुक र ४३ थान सिमकार्ड बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८३ असोज २२ गते दिउँसो करिब ४ बजे सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा डेराकोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो। प्रहरीले उक्त स्थानमा कानुनबमोजिम खानतलासी गर्दा विभिन्न सामग्री फेला पारेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–८ का अन्दाजी १९ वर्षीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.