काठमाडौं, भदौ २५ गते । जंगीअड्डामा प्रस्तावित आगामी सरकार नेतृत्वप्रति असन्तुष्टि जनाउँदै युवाहरुले अहिले नाराबाजी सुरु गरेका छन्। जेन जी आन्दोलनका प्रतिनिधिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेपनि बाहिर भेला भएका युवाहरु त्यसप्रति असहमति जनाउँदै विरोध गरेका हुन्।
युवाहरुले नेतृत्व चयन प्रक्रियामा पारदर्शिता र सबैको सुझावलाई प्राथमिकता दिनुपर्ने माग गर्दै विभिन्न नारा लगाएका थिए। कतिपय युवाले काठमाडौं महानगरका मेयर बालेन शाहसहित अन्य नामलाई पनि वैकल्पिक नेतृत्वका रूपमा चर्चामा ल्याएका छन्।
युवाहरुको दबाबबीच नेतृत्व चयनप्रति देखिएको मतभिन्नताले जेनजी आन्दोलनको आगामी कदम कस्तो हुने भन्ने प्रश्न खडा भएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 131













