आन्दोलनकै बीचमा पद त्याग्ने नेताहरू कायरः वडाध्यक्ष फुर्वा दुर्जे लामा

हेटौडा, भदौ २८ गते । हेटौडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्वा दुर्जे लामाले आन्दोलनकै बीचमा पद छाड्ने नेताहरूलाई कायर भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले नेकपा एमालेका केही नेताहरूले आन्दोलन सुरु भएको दुई दिनमै पदबाट राजीनामा दिन थालेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्।

लामाले लेखेका छन्, “२ दिनको आन्दोलनमा नेकपा एमाले छोड्दै पदबाट राजीनामा दिए भने स्टाटस लेख्नेहरू पार्टीको नेताहरुलाई जे मन लाग्छ तेही लेख्छन्। अनि आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने कायरहरू पार्टी कार्यालय वरिपरि र आँखा वरिपरि देखिनु हुँदैन।”

उनले आन्दोलनको घडीमा नेता तथा कार्यकर्ताले जिम्मेवारी बोकेर अघि बढ्नु पर्नेमा जोड दिँदै सामाजिक सञ्जालमा मात्र सक्रिय भएर जिम्मेवारीबाट पन्छिनेलाई कठोर आलोचना गरेका छन्।

लामाको यो अभिव्यक्ति हालको राजनीतिक आन्दोलनमा पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई समेत देखाउने संकेतका रुपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.