सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै भनिन्– “देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि नेता राख्ने संस्कार अस्वीकार्य”

काठमाडौं, भदौ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पार्टीभित्र आलोचना स्विकार्ने संस्कार नभएको, गल्तिमाथि गल्ति गर्ने प्रवृत्ति बढ्दै गएको र आलोचकलाई मिडिया ट्रायलमार्फत कमजोर पार्ने काम भइरहेका कारण आफूले पार्टी छोड्ने निर्णय गरेको उनले सार्वजनिक गरेकी हुन् ।

श्रेष्ठले भनिन्, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ । तर त्यसले कत्ति पनि फरक पारेन, उल्टै आलोचकलाई मिडिया ट्रायलमा उभ्याउने कार्य भयो । यो स्विकार्य छैन । त्यसैले मैले पार्टी छोडेँ ।”

उनले कांग्रेस, एमाले लगायतका पुराना पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई समेत नेतापूजाबाट मुक्त हुन आह्वान गरेकी छन् । श्रेष्ठको भनाइमा, “आजको परिस्थितिमा पुग्न कांग्रेस र एमालेको नेतृत्वले खेलेको भूमिकाको पनि ठुलो हात छ । अब समय आएको छ– आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुस्, कि हटाउनुहोस्, कि हट्नुहोस् ।”

श्रेष्ठको पार्टी परित्यागसँगै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र फेरि एकपटक आन्तरिक असन्तुष्टि सतहमा आएको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.