जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताको सामूहिक राजीनामा

हेटौंडा, अशोज २ गते । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताले सामूहिक राजीनामा दिएका छन्।

नेपालको विपन्न परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र आत्मआलोचना तथा नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै उनीहरूले राजीनामा पत्र पेस गरेका हुन्। पत्रमा उल्लेख भएअनुसार हालको नेतृत्वले जनमतलाई अपमानित मात्र नभई आफ्ना अभिव्यक्तिहरूमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी सार्वजनिक गरेको आरोप लगाइएको छ।

सोही कारण पार्टीभित्र नयाँ पुस्ताको चाहना र जनआकांक्षा अनुरूपको नेतृत्व आवश्यक भएको भन्दै उनीहरूले साधारण सदस्यतासमेत नराख्ने गरी राजीनामा दिएका हुन्।

राजीनामा दिने नेताहरूमा —
१) अब्दुल खान, वरिष्ठ उपाध्यक्ष
२) डा. शरद सिंह यादव, केन्द्रीय प्रवक्ता
३) संजय कुमार यादव, केन्द्रीय संयोजक, जनमत युवा संघ
४) सि.के. सिंह, केन्द्रीय संयोजक, जनमत स्वास्थ्यकर्मी संघ
५) राजाराम चौधरी, वरिष्ठ प्रदेश इन्चार्ज, सुदूरपश्चिम प्रदेश
६) विक्रम बहादुर बम, राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य — रहेका छन्।

उनीहरूले जनमत पार्टीको नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नयाँ पुस्ता र जनमानसको चाहनाअनुरूप सशक्त विकल्प निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.