मकवानपुरका केही संस्थामा दशकौंदेखि एउटै नेतृत्व: पारदर्शिता र जवाफदेहितामाथि सामाजिक अभियान्ता विशाल महतको प्रश्न

हेटौँडा, कात्तिक २३ गते । मकवानपुर जिल्लाको सामाजिक, सांस्कृतिक र विकासात्मक परिदृश्यमा विभिन्न सङ्घ–संस्थाहरूले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। तर, तीमध्ये केही संस्थामा सुरुवातदेखिनै एउटै व्यक्ति दशकौंदेखि अध्यक्षको पदमा रहिरहने परम्पराले स्थानीय स्तरमा विवाद र प्रश्नहरू उठ्न थालेका छन्।

सामाजिक अभियान्ता विशाल महतले हालै आफ्नो फेसबुक स्टाटसमार्फत यस विषयमा चासो व्यक्त गर्दै लेखेका छन्, “यी संस्थाहरूमा दशकौंदेखि एउटै व्यक्ति नै अध्यक्ष हुने प्रचलनले पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक मूल्यप्रति गम्भीर प्रश्न उठाएको छ। अब यस्तो अभ्यासमाथि निगरानी गरौं, चासो राखौं र जानकारी गरौं।”

उनको भनाइअनुसार, संस्थाहरूमा पदाधिकार परिवर्तन नहुँदा नयाँ सोच, ऊर्जा र नीतिगत सुधारका सम्भावना घट्दै गएका छन्। उनले स्थानीय प्रशासन र सरोकारवालाहरूसँग यस्ता संस्थाको नियमित अनुगमन र मूल्यांकन गर्न पनि आग्रह गरेका छन्।

महतको उक्त अभिव्यक्तिपछि मकवानपुरका विभिन्न सामाजिक मञ्चहरूमा संस्थागत नेतृत्वमा हुने “स्थायीत्वको नाममा जरा गाड्ने प्रवृत्ति” विषयमा बहस सुरु भएको देखिन्छ।

चासो राख्ने नागरिकहरूले यस्ता संस्थाहरूको पारदर्शिता र सदस्य सहभागितालाई प्राथमिकता दिनुपर्ने बताउँदै, लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउन सामूहिक पहलको आवश्यकता औंल्याएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.