“नेपालको संकट व्यक्तिको होइन, गलत राजनीतिक दर्शनको परिणाम हो” — बुद्धछिरिङ मोक्तान

काठमाडौँ, माघ २१ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपालको वर्तमान संकट कुनै एक व्यक्ति वा दलको असफलताका कारण नभई २००६ पछि अपनाइएको राजनीतिक दर्शनकै असफलता भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको धारणा अनुसार नेपालले लोकतन्त्रलाई व्यवहारिक शासन प्रणालीका रूपमा होइन, विकल्पहीन ‘धर्म’का रूपमा ग्रहण गर्दा राज्य क्रमशः कमजोर बन्दै गएको बताएका छन्।

मोक्तानका अनुसार यस अवधिमा मतदानलाई मुक्ति, संविधानलाई विकास र सत्ता हस्तान्तरणलाई प्रगतिको मापदण्ड ठानियो। तर यसले राज्य निर्माण, संस्थागत क्षमता र उत्तर दायित्वलाई प्राथमिकता दिन सकेन।

उनले आजको नेपालमा “सरकार छ तर शासन छैन, चुनाव छ तर उत्तरदायित्व छैन, अधिकार छन् तर क्षमता छैन” भन्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै क्रान्तिको भाषा त छ तर राज्य निर्माणको स्पष्ट सोच नदेखिएको टिप्पणी गरेका छन्।

यो अवस्था संयोग नभई गलत क्रममा गरिएका राजनीतिक अभ्यासहरूको परिणाम भएको भन्दै उनले यसप्रति गम्भीर चेतना आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.