पूर्वी एसियामा रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार योजना बनाउन विशाल राज महतको माग

हेटौँडा, फागुन १७ गते । पूर्वी एसियाका विभिन्न देशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लक्षित गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। राजदूतावासको सूचनाअनुसार सुरक्षित स्थानमा रहन, स्थानीय निकायको निर्देशन पालना गर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको हो।

यसै सन्दर्भमा सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले नेपाल सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा पूर्वी एसियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको अद्यावधिक विवरण संकलन गरी सुरक्षित स्थानान्तरण तथा उद्धार योजना तयार गर्न सरकारसँग माग गरेका छन्।

महतका अनुसार भारत, चीन लगायत मित्र राष्ट्रहरूसँग समन्वय गरी नेपाली नागरिकलाई समेटेर उद्धार उडान सञ्चालन गर्नुपर्छ। साथै, दूतावासहरूलाई थप स्रोतसाधन उपलब्ध गराई नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले यात्रा प्रतिबन्धित तथा जोखिमयुक्त क्षेत्रबाट नेपाली नागरिकको सुरक्षित फिर्ती सुनिश्चित गर्न र इरान लगायत जोखिमग्रस्त गन्तव्यतर्फ जाने नेपालीहरूलाई रोक्न सार्वजनिक सूचना जारी गर्न सरकारलाई आग्रह गरेका छन्। प्रभावित परिवारहरूका लागि सहयोग संयन्त्र तयार गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन्।

महतले आप्रवासी नेपालीहरूको जिउधनको रक्षा गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै यी सबै पहलहरू तुरुन्त कार्यान्वयन गर्न सरकारसँग अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.