नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

हेटौँडा, चैत १३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम घलान (वाटर) ले हालै गठन भएको नयाँ मन्त्रिपरिषद्‌प्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जेन जि विद्रोहका घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने बताएका छन्।

घलानले आफ्नो स्टाटसमा बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार तथा गृहमन्त्री सुदन गुरुङ्गलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन्। उनले सिंहदरबार जलाउने तथा देशलाई अस्थिरतामा धकेल्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

त्यस्तै, उनले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक को भूमिकामाथि पनि प्रश्न उठाएका छन्। घलानका अनुसार, विगतका घटनाहरूमा सरकार र सुरक्षा निकायको भूमिकालाई समेत गम्भीर रूपमा छानबिन गर्न आवश्यक छ।

उनले स्पष्ट रूपमा भनेका छन् कि बालबालिकाको ज्यान जाने जस्ता गम्भीर घटनामा संलग्न दुवै पक्षलाई समान रूपमा कारबाही हुनुपर्छ। “कुनै पनि पक्षलाई छुट दिनु हुँदैन, न्याय निष्पक्ष हुनुपर्छ,” उनले लेखेका छन्।

घलानले तीनै तहका सुरक्षा निकायका प्रमुखहरूको भूमिका माथि पनि अनुसन्धान गर्नुपर्ने बताएका छन्। उनका अनुसार, देशमा विधि र न्यायको शासन कायम गर्न सबै दोषीलाई कानुनी दायरामा ल्याउनु अपरिहार्य छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.