विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

हेटौंडा, चैत १४ गते । युनिहब इन्टरनेसनल एजुकेसन सेन्टर प्रा. लि.को आयोजनामा हेटौंडामा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सञ्चालक सुरज घलानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नरेश प्याकुरेल, स्नेह बानियाँ, दिया ढोडारी, आइता सिंह मोक्तान, रजल नगरकोटी, सुरज मुक्तान, सुषान्त अर्याल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विशेष आमन्त्रित अतिथिका रूपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत सुरज बिस्ट उपस्थित थिए।

कार्यक्रमको मुख्य उद्देश्य अप्रिल २०२६ मा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई विदाई प्रदान गर्नु र आगामी अक्टोबर २०२६ मा विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई जानकारीमूलक सत्र सञ्चालन गर्नु थियो। सो क्रममा अध्ययनका लागि आवेदन प्रक्रिया, उपयुक्त देश तथा शिक्षण संस्थाको छनोट, भिसा प्रक्रिया लगायत विषयमा सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो।

संस्थाका सञ्चालक सुरज घलानले ३० भन्दा बढी विद्यार्थीहरूले भर्ना पुष्टि पत्र (सीओई) प्राप्त गरेको जानकारी दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

मनोरञ्जनात्मक प्रस्तुतीकरणमा प्रतीक्षा तितुङ लगायतका कलाकारहरूले नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए भने दिलिप लामाले गीतमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रममा नरेश प्याकुरेलले स्वागत मन्तव्य राखेका थिए भने स्नेह बानियाँ, दिया ढोडारी, आइता सिंह मोक्तान, रजल नगरकोटी, सुषान्त अर्याल लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

यसै अवसरमा २०८१ जेठदेखि २०८२ चैतसम्म रिसेप्सनिस्टका रूपमा कार्यरत स्नेह बानियाँलाई बिदाइ र शुभकामना व्यक्त गरिएको थियो। साथै प्रश्नोत्तरी (क्विज) कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरूको अध्ययनप्रति रुचि बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुगेको आयोजकले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

सर्प उद्धारकर्ताको सुरक्षाका लागि विशेष नीति बनाउन विशालराज महतको माग, सर्पदंशबाट घाइते राजेश थापाको शीघ्र स्वास्थ्यलाभको कामना

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

हेटौंडामा एन्फाको बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स सुरु, १३ जिल्लाका ९१ प्रशिक्षार्थी सहभागी

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

बजेटमै देखिनुपर्छ विकासको प्रतिबिम्ब : वडा अध्यक्ष सिग्देल

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

हेटौंडामा ६२० मिलिग्राम खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति मकवानपुरका चार प्रतिपक्षी दलको आपत्ति, तथ्य र प्रमाणसहित स्पष्ट पार्न माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.